images
images

मरेका मान्छेको नाममा ठगी गर्ने कार्यमा संलग्न ६ जना पक्राउ

काठमाडौं । मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको गोङ्गबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोजकुमार केसीका अनुसार वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको खुलेको छ । त्यसबापत उनीहरुले प्रति मृतक ७ लाखसम्म ठगी गरेको खुलेको छ ।

पक्राउ परेकाहरूको साथबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटर प्याड लगायतका महत्त्वपूर्ण कागजात समेत बरामद गरेको छ । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको केसीले बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS