images

‘ए’ डिभिजन लिग : मछिन्द्रको दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रले दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो ।

मछिन्द्रको जितमा खेलको २० औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए ।

जितसँगै मछिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ । मछिन्द्र सातौं स्थानमा उक्लिएको छ । संकटाको यो दोस्रो हार हो । संकटा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।