![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2020/12/Corona.jpg?fit=760%2C428)
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७७ जनामा पीसीआर र ४७ जनामा एन्टीजेन पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।