images

‘ए’ डिभिजन लिग : संकटाको तेस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आजको खेलमा संकटा क्लबले न्युरोड टिम एनआरटीमाथि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २-१ गोल अन्तरले हराएको हो ।

खेलको २२ औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।

 खेलको ६२ औं मिनेटमा एनआरटीका निकोलस सेर्जी सङले गोल गरेपनि संकटा २(१ ले विजयी भयो ।

संकटाको यो तेस्रो जित हो । संकटाले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटीले ८ खेलमा ६ अंक जोडेको छ ।