images

 ‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाद्वारा एपीएफ पराजित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई हराएको छ ।

बुधबार च्यासल मैदानमा भएको खेलमा हिमालयनले एपीएफलाई ५-३ गोल अन्तरले हराएको हो ।

हिमालयनका लागि खेलको आठौं मिनेटमा सुदिप श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा सत्यम शर्माले गोल गर्दै हिमालयनलाई २-० को अग्रता दिलाए । २८ औं मिनेटमा सत्यमले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई ३-० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए । खेलको ४७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपीएफलाई ३-२ को स्थितिमा ल्याए । खेलको ६३ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई ३-३ गोलको बराबरीमा ल्याए ।

खेलको ७५ औं अबायोमी फाकुन्लेले गोल गर्दै हिमालयनलाई ४-३ को अग्रता दिलाए ।

खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई ५-३ को जित दिलाए ।

हिमालयनको यो दोस्रो जित हो । हिमालयन ८ खेलमा ९ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ । एपीएफको यो तेस्रो हार हो । एपीएफ ८ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।