images

बालेन भन्छन्- ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले सरकारसँग असन्तुष्टि पोखेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले काठमाडौंको हितमा काम गर्ने नभए सिंहदरबार अरु पालिकामा सार्न चेतावनी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘कि काठमाडौंको हितमा काम गर्नुहोस,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।’

‘हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’

गत आइतबारबाट महानगरले यसअघि उठाउँदै आएको सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति निवासको फोहोर उठाउन बन्द गरेको छ । मेयर शाहले समस्या समाधान नभए फोहोर नउठाउने चेतावनी दिँदै आएका छन् ।