
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन भएको छ ।
शनिबार बिहान १ सय वर्षको उमेरमा जोशीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा शनिबार बिहान जोशीको निधन भएको हो ।
श्वासप्रश्वास समस्या देखिएपछि जोशीलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
जोशीका श्रीमान सत्यमोहन जोशीको गत असोज ३० गते १ सय ३ वर्षको उमेरमा निधन भइसकेको छ ।