images

क्लिङ्करको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ ।

उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।

उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको जनाइएको छ ।

उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई साताभित्र ल्याउने र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगले बताएको छ ।

अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला मौजाद रहेपनि पर्याप्त नरहेकाले क्लिङ्कर उत्पादन गर्न समस्या भइरहेको छ ।