images

महिला विश्व कप : जापानले जाम्बियालाई ५–० ले हरायो

काठमाण्डौ । फिफा महिला विश्व कप फुटबलमा जापानले जाम्बियालाई हराएको छ । न्युजिल्यान्डको ह्यामिल्टनमा भएको खेलमा जापानले जाम्बियालाई ५–० गोलले हराएको हो ।

उसका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । जाम्बियाकी मुसुन्डाले रातो कार्ड पाइन् ।

मिना तानाका, जुन इन्डो र रिको उएकीले एक/एक गोल गरेपछि समूह सी रहेको जापानले तीन अङ्क जोडेको छ । कोस्टारिका र स्पेन पनि यसै समूहमा रहेका छन् ।

महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।