images

६ महिनामा ८७ हजार भारतीय नागरिकद्वारा नागरिकता त्याग

एजेन्सी । भारतमा यस वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेको परराष्ट्रमन्त्री एस जयशंकरले बताएका छन् ।

अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा दुई लाख २५ हजार जनाले भारतीय नागरिकता त्यागेर विदेशी नागरिकता लिएका थिए ।

विदेशमन्त्री जयशंकरले भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका र धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका बताए । उनले यति ठूलो सङ्ख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो देशकै सम्पत्ति भएको दाबी पनि गरेका छन् ।