images

इमर्जिङ कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौं । मेन्स इमर्जिङ कप क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै छन् । फाइनल खेल आज दिउँसो सवा २ बजेदेखि सुरु हुने छ ।

सेमिफाइनलमा पाकिस्तानले घरेलु टोली श्रीलंकालाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा भारतले बंगलादेशमाथि जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो ।

नेपालले समूह चरणमै पाकिस्तान र भारतको सामना गर्दा दुवैसँग पराजय भोगेपछि प्रतियोगिताबाट बाहिरिएको थियो । अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपालले सान्त्वना जित भने हात पारेको थियो । समूह चरणमै नेपालविरुद्ध जित निकालेका टोली नै उपाधिका लागि भेट भएका हुन ।

समूह चरणमा भारत र पाकिस्तान आमने सामने हुँदा बाजी भारतले मारेको थियो ।

आजको फाइनल जित्दै समूह चरणमा भोगेको हारको बदला लिने दाउँमा पाकिस्तान रहँदा अपराजित यात्रा कायमै राख्दै भारत पनि उपाधि जित्ने लक्ष्यमा हुने छ । प्रतियोगितामा भारत र पाकिस्तान दुवैका ’ए’ टिम भिडेका छन् ।