images

देशभर ३ हजार भन्दा बढीमा डेंगी संक्रमण, संक्रमित अझै बढ्ने अनुमान

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार भन्दा बढी रहेको पाइएको छ ।

दैनिक डेंगीका बिरामीको संख्या बढ्दै गएको र देशभर ३ हजार भन्दा बढी डेंगीका बिरामी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाएको छ ।

महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगीको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगी संक्रमित बिरामीको संख्या थपिएर ३ हजार नाघेको छ ।

महाशाखाका अनुसार सबैभन्दा बढी डेंगीका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१ जना संक्रमित रहेको महाशाखाको भनाइ छ ।

यस्तै, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, संखुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, र झापामा ३२ जना डेंगीका बिरामी रहेका छन् ।

नेपालमा अझै संक्रमित बढ्ने विज्ञहरूको भनाइ छ ।