images

एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतलाई हराउदै पाकिस्तान विजयी

काठमाडौं । पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । भारत ‘ए’ लाई १ सय २८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले इमर्जिङ कपको उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३५३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभर मा २२४ रनमा समेटियो । भारतमाथि १२८ रनको जित निकाल्दै पाकिस्तानले उपाधि उचाल्दा भारत भने उपविजेतामा सीमित भयो । भारत ‘ए’ का लागि अविषेक शर्माले सर्वाधिक ६१ रन बनाए ।

पाकिस्तान ‘ए’ का सुफियान मुकिमले ३ विकेट लिए । पाकिस्तान ‘ए’ का लागि तैयब ताहिरले सर्वाधिक १०८ रन बनाए । भारत ‘ए’ का रियान पराग र राजवद्र्धन हङ्गरगेकारले समान २ विकेट लिए ।

इमर्जिङ एसिया कप पहिलो पटक २०१३ मा खेलिएको थियो । सूर्यकुमार यादवको कप्तानीमा भारतले फाइनलमा पाकिस्तान–एलाई पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१७ र २०१८ मा श्रीलंका–एले पाकिस्तान–ए र भारत–एलाई हराएर लगातार २ पटक उपाधि जितेको थियो । पाकिस्तान–ए टोली सन् २०१९ मा च्याम्पियन बनेको थियो ।