images

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन्। 

पहिलो खेलमा आज इटाली र अर्जेन्टिना भिड्दै छन् । यी दुई बीचको खेल विहान ११ बजेर ४५ मिनेटमा न्यूजिल्यान्डको इडन पार्कमा हुनेछ । समूह जीमा रहेका यी दुई टोलीबीच समूह चरणमा पहिलो खेल खेल्न लागेका हुन् । 

यसअघि हिजो भएको यही समूहको खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई पराजित गर्दै महत्वपुर्ण ३ अक बटुलेको छ ।

आजै हुने अर्को खेलमा जर्मनीले मोरक्कोसँग खेल्दैछ । अष्ट्रेलियाको मेलबर्नमा हुने खेल नेपाली समय अनुसार सवा २ बजे हुनेछ । उपाधि दाबेदार जर्मनीले पहिलो खेल खेल्न लागेको हो । समूह एचमा रहेका यी दुई टोली सँगै कोलम्बिया र दक्षिण कोरिया छन् ।

आजको अन्तिम खेल ब्राजिल र पानमा बिच हुनेछ । अस्ट्रेलियामै हुने यी दुई बीचको खेल दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ । समूह एफमा रहेका यी दुई टोलीको अलावा फ्रान्स र जमैका रहेका छन् ।

आइतबार भएको खेलमा फ्रान्सलाई जमैकाले गोलरहित बराबरीमा रोकेको थियो ।