
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– १ कुसुम बजारबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।
नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा भेटिएका नेपाल टेलिकम र एनसेल का रिचार्ज कार्ड बरामद गरिएको हो ।
सुरक्षा वेश कुसुमले बरामद गरेका रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।