images

सुनसरीमा डेंगी संक्रमणबाट सात जनाको मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

धरानमा डेंगी रोगको संक्रमणले महामारीको रुप लिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगी स्पताल संचालनमा ल्याएर उपचार सुरु गरेको छ ।

प्रतिष्ठानले डेंगी संक्रमित बिरामीको उपचार सशुःल्क र परीक्षण भने निःशुल्क गरेको जनाएको छ ।