images
images
images

बाघ संरक्षणमा गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्छ : वनमन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।

उनले बाघको संख्या गत वर्ष नै दोब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतोले बाघको संख्या बढाउने काममा नेपालले विश्वमाझ नै प्रशंशा पाएपनि त्यसको संरक्षण कार्य चुनौतिको रुपमा उभिएको भन्दै त्यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले बाघ संरक्षणमा सहयोग गर्नुपर्ने बताए ।

उनले बाघ, हात्ती लगायतका वन्यजन्तु खाना नपुगेपछि बस्ती पस्ने गरेकाले उनीहरुलाई बासस्थानमै उचित खानपानको व्यवस्था गर्न पनि त्यस क्षेत्रमा कार्यरत संस्थाहरुले त्यसको संरक्षणको क्षेत्रमा लगानी गर्नुपर्ने तर्क गरे ।

नेपालमा पछिल्लो समय बाघ, हात्ती लगायतका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएको स्मरण गराउँदै मन्त्री महतोले त्यसलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । उनले गैर सरकारी संस्थाहरुले नेपालको आवश्यकताअनुसार लगानी गर्ने काम गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा बाघ संरक्षण, व्यवस्थापनका लागि छुट्टै योजना तयार पार्ने कामलाई अघि बढाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रवक्ता अजय कार्कीले जानकारी दिए ।

नेपालमा तराईका ५ वटा निकुञ्जहरु र त्यस वरपरका वन क्षेत्रमा बाघ पाईन्छ । सन् २०२२ को तथ्यांक अनुसार नेपालमा हाल ३५५ वटा बाघ छन् । नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाएर अन्तर्राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS