images

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।

इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्ने छन् । भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागि सूचनासमेत प्रकाशित गरिएको छ ।