images

लालबहादुर विक आज रिहा हुँदै

काठमाडौं । ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सफाइ दिएका लालबहादुर विक आज कारागारमुक्त हुने भएका छन् ।

मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै विकलाई सफाइ दिएको थियो ।

तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी निधिराम दाहालका अनुसार लालबहादुरको रिहाइको लागि अदालतबाट कारागारमा पत्र तयार भइसकेको छ ।

यता क्षेत्रीय कारागार झुम्काका कारागार प्रमुख भीम भट्टराईका अनुसार अदालतको पत्र आउनेबित्तिकै विश्वकर्माको रिहा प्रक्रिया अघि बढ्ने छ । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै कारागारमा रहेका लालबहादुर रिहा हुने भएका हुन् ।