images

पश्चिम मेक्सिकोमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी । पश्चिम मेक्सिकोमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रुको मृत्यु भएको छ ।

राजधानी नजिकै भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । ४० जना यात्रु रहेको बस सडकबाट १ सय ६० फीट तल खसेको अधिकरीहरुले जानकारी दिएका छन् ।

मेक्सिकोको नायरिट राज्यका अधिकारीका अनुसार मृत्यु हुनेमा १४ जना बयस्क र ३ जना बालबालिका रहेका छन् । बस खसेको खोंच गहिरो भएका कारण उद्धारमा कठिनाई भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

दुर्घटनाग्रस्त बसमा ६ जना भारतीय पनि रहेको बताइएको छ ।