
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।
पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर-७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।
बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल श्रेष्ठ रहेका छन्। उनीहरूको खोजी भइरहेको छ ।
पहिरोको कारण ६ वटा घरमा पुनः रूपमा क्षति गरेको छ भने,दुई दर्जन घरमा आंशिक क्षति गरेको छ।वडा नम्बर-८ खारेबाट झरेको पहिरोले वडा नम्बर-७ मा जनधनको क्षति गरेको हो।