images

नेदरल्याण्ड्स महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । नेदरल्याण्ड्स फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज विहान भएको खेलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्सले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सिड्नीमा भएको खेलमा नेदरल्याण्ड्सले नवौं मिनेटमै अग्रता लिएको थियो । उसका लागि जिल रोडले गोल गर्दै अग्रता दिलाएकी थिइन् । ६८ औं मिनेटमा लेन्थ ब्रेनस्टिनले गोल गरेपछि नेदरल्याण्ड्सले २–० को सहज जितका साथ अन्तिम आठको यात्रा तय गर्न सफल भयो ।

नेदरल्याण्ड्स समूह ईबाट विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा समूह जीबाट दक्षिण अफ्रिका उप विजेता बनेको थियो । यस्तै , दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ । न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।