![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2019/10/Nepal-Telecom.jpg?fit=1280%2C720)
काठमाडौं । नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।
टेलिकमले गोरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको हो ।
टेलिकमका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन् । टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको छ ।