images

पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

एजेन्सी । पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

उच्च तापक्रमका कारण लागेको आगलागीबाट विगत ३ दिनमा हजारौं हेक्टर जंगल नष्ट भएको छ ।

दक्षिणी शहर ओडेमिरा नजिकको जंगलमा आगो लागेपछी आसपासको बस्तीका १४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

८ सय बढी अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिए पनि आगो नियन्त्रणमा आएको नआएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगो निभाउने क्रममा ९ जना अग्नी नियन्त्रक घाइते भएका छन् ।

पोर्चुगलमा हाल तापक्रम ४० डिग्री सेल्सियस पुगेको बताइएको छ ।