images

संखुवासभा कारागारबाट शौचालयको रड काटेर भाग्ने क्रममा झडप हुँदा २ कैदीको मृत्यु

काठमाडौं । संखुवासभा कारागारमा दुई पक्षबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाका अनुसार मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे रहेका छन् ।

आकाश र बिनोद शौचालयको रड काटेर जेलबाट भाग्न खोजेका थिए । भाग्न खोज्दा उनीहरुलाई प्रहरीले भेटेको थियो पछि जेलका अन्य कैदीहरुले किन जे तोडेर भाग्न लागेको भन्दै विवाद गर्दा झडप भएको हो । त्यसपछि उनीहरुबीच कुटाकुटको अवस्था भएको थियो ।

बिहान ६ बजेतिर कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गेलाई उपचार गर्न लैजाँदा मृत्यु भएको हो । कुटपिटमा संलग्न ९ जनासँग प्रहरीले अनुसन्धान शुरु गरेको छ ।