images

भैँसे–भीमफेदी सडकखण्डमा यातायात पुनः सञ्चालन

काठमाडौं । भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ ।

पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने सडकखण्डमा गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । 

गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको म

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो ।

हाल हेटौँडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौँडातर्फ आउने सबै प्रकारका सावरी साधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।