![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/08/sakhuwasava.webp?fit=1056%2C616)
काठमाडौं । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्।
घटनामा कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ । जिल्ला कारागारमा रहेको सीसी टीभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।
संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए।
प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै छानबिन गरेर घटनाका दोषीउपर कडा कारबाही गर्न चौतर्फी दबाब परेपछि सीसीटीभी फुटेज मगाएर अनुसन्धान भएको थियो ।