images

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो कोबार दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी,चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।