images

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै भाडा बढाएको हो

तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।