images

डेब्यु खेलमै साबित्राको गोल , हापोएल रानानाको विजयी सुरुआत

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले डेब्यु खेलमै गोल गर्दा हापोएल रानानाले सिजनको पहिलो खेल विजयीबाट सुरुआत गरेको छ । अथेना कपको दोस्रो चरणमा हापोएल रानानाले हादेरलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जसमा हापाएलका लागि साबित्रा र आदि गोल्डेनले एक एक गोल गरेका छन् ।

पहिलो गोल गोल्डेनले गर्दै रानानालाई अग्रता दिलाएकी थिइन् ।

पहिलो गोलमा साम्बाले एसिस्ट गरेकी थिइन् ।

त्यसपछि टिमका लागि दोस्रो तथा डेब्यु गोल साबित्राले गरिन् ।