images

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । पक्राउ परेका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ ।

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट एमबीबीएस पास भएको सर्टिफिकेट पेस गरेका थिए ।