images

महिला विश्वकप : तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन भिड्दै

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि आज अस्ट्रेलिया र स्वीडेन खेल्दैछन् ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे अष्ट्रेलियाको ब्रिसबन स्टेडियममा हुनेछ । सहआयोजक अष्ट्रेलिया सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित भएको थियो भने स्पेनले स्विडेनलाई पराजित गरेको थियो ।

महिला विश्व कपको उपाधिका लागि भोलि इंग्ल्याण्ड र स्पेन खेल्ने छन् ।

गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै भोलि समापन हुनेछ ।