images

यू २० सेभेन्स रग्बी प्रतियोगितामा नेपाल भारतसँग २८–० स्कोरको अन्तरले पराजित

काठमाडौं । एसिया रग्बी यू-२० सेभेन्स पुरुष प्रतियोगितामा अन्र्तगत नेपाल भारतसँग फराकिलो स्कोर अन्तरले पराजित भएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भारत बीचको पहिलो खेलमा नेपाल २८–० स्कोरको अन्तरले पराजित भयो ।

निर्धारित १५ मिनेटको समयमा भारतले २८ पोइन्ट स्कोर ल्याउँदा नेपाली खेलाडीले खातै खोल्न सकेनन् ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आजबाट प्रतियोगिता सुरु भएको हो ।

एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको पुरुषतर्फ नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ र उज्वेकिस्तानले सहभागी छन् । महिलातर्फ नेपालसहित, थाइल्याण्ड, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्नेछन् ।