images

अष्ट्रेलियालाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो

काठमाडौं ।  आयोजक अष्ट्रेलियालाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो भएको छ ।

बिस्बानेमा शनिबार भएको खेलमा स्वेडेनले आयोजक अष्ट्रेलियालाई २–० गोलले हराएको हो ।

फ्रिडोलिना रोल्फोले ३० औँ मिनेटमा नै पेनाल्टीमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाइन । यस्तै, ६२ औँ मिनेटमा कोसोभारे एसानीले गोल थपेपछि अष्ट्रेलिया खेलमा फर्कन सकेन र स्विडेनको जित सुनिश्चित बन्यो ।

सेमिफाइनलमा स्विडेन स्पेनसँग र अष्ट्रेलिया इंग्ल्यान्डसँग पराजित भएका थिए । अब उपाधिका लागि आइतबार स्पेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन् ।