images

धादिङमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान ११ बजे तिर सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।