
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन्।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस बुधबार बिहान अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको छ ।
दुर्घटनाका घाइतेहरूलाई काठमाडौं ल्याइएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बसमा चालक र सहचालकसहित २५ जना रहेको जनाइएको छ ।