images

नेपाल र मलेसिया भिड्दै

काठमाडौं । चार देशको महिलाटी-ट्वान्टी आई सिरिजमा आज नेपालले आयोजक मलेसियासँग खेल्दैछ ।

मलेसियाको बायोमास ओभलमा मैदानमा खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ ।

नेपालले अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा हङकङको महिला टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।

त्यसैगरी मलेसियाले भने आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो । आज नेपालले मलेसियाको सामना गर्नु अघि नै अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुदैछ ।

कुवेतले दुवै खेलमा हार बेहोरेकोले फाइनलको दौडबाट बाहिर रहेको छ । नेपाल अहिले २ खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ भने हङकङ र मलेसिया २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।