images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना फिलिपिन्सका नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित उनलाइृ पक्राउ गरिएको जनाइएको हो ।

उनको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी रु आठ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।