images

शुल्क वृद्धिको विरोधमा नेविसंघले बालुवाटार घेराउ गर्ने

काठमाडौं । इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गरी इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धिको विरोधमा आइतबार विहान १० बजे बालुवाटार घेराउ
गर्ने अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

सर्वसुुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महंगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने बताएको छ ।

शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईं पाँच दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले उनको जीवन रक्षाको पनि माग गरेको छ ।