images

धरानमा सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय मानव अधिकार आयोगको अपिल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै आयोगले सबैमा संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको हो ।

आयोगले आपसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न पनि आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको बाजदुद त्यहाँ सद्भाव ¥याली निकालिएको थियो । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर विरोध हुँदै आएको छ ।