images

विपीको सम्झनामा साहित्य महोत्सव आयोजना गरिने

काठमाडौं ।  नेपाली कांग्रेसले संस्थापक नेता विपी कोईरालाको जन्मजयन्तीको अवसरमा विपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

कांग्रेसले विपी कोईरालाको ११० औँ जन्मजयन्तीको अवसरमा साहित्य महोत्सव गर्न लागेको हो । कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते केन्द्रीय कार्यालय सानेपामा महोत्सव आयोजना गरिने प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए । महोत्सवमा विभिन्न सत्रमा साहित्यीक बहस हुने उनले जानकारी दिए ।

कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सबैलाई आग्रह गरेको छ ।