images

नेप्से ५ अंकले बढेर २ हजार विन्दु नजिक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५ अंकले बढेर २ हजार विन्दु नजिक पुगेको छ ।

लगातर घटेको नेप्से सोमबार ५ अंकले बढेर १९ सय ९८ दशमलव चार आठ बिन्दुमा पुगेको छ । सोमबार बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, बिमा, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूह बढेका छन् । बजारमा सोमबार ११८ कम्पनीका लगानीकर्ताले कमाउँदा ९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै लक्ष्मी सनराइज बैंक, सिटी होटल, न्यादी हाइड्रोपाव र माछापुच्छ्रे बैंक पनि बढी बढ्ने कम्पनीमा परेका छन् । बजार बढ्दा पनि स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, मिर्मिरे लघुवित्तलगायत काम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने ९८ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।