images

थप दुई वटा सुन गाल्ने उपकरण बरामद

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले थप दुई वटा सुन गाल्ने उपकरण बरामद गरेको छ ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण ब्यूरो बरामद गरेको हो ।

ब्यूरोकी निर्देशक एआईजी किरण बज्राचार्यका अनुसार उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको हो ।

यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगिसकेको छ । प्रहरीले बुधबार गणेश पौडेल र दावा छिरिङका सहयोगी किशोर बस्नेतलाई पनि पक्राउ गरेको छ ।