images

सुन तस्करी प्रकरण : अनुसन्धानका नाममा मानसिक तनाव दिएको भन्दै भन्सार कार्यालयका १ सय ३७ कर्मचारीद्वारा सरुवा माग

काठमाडौं । काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १ सय ३७ कर्मचारीले सामूहिक रुपमा सरुवा माग गरेका छन् ।

मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका हुन् । निवेदनमा ६० किलो सुन तस्करीको विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको दाबी गरिएको छ ।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अहिले विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको निवेदनमा उल्लेख छ ।