images

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने सामान्य घटेको महासङ्घले जनाएको छ ।

तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।