images

तातोपानी नाका आजदेखि खुल्ने

काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका  आजदेखि खुल्ने भएको छ ।

लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजदेखि खुल्ने भएको हो । गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरिसकेको उनले बताए । २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले शुक्रबारदेखि स्थानीयवासीका लागि पनि आवागमन खुला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।