images

नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा सुरु भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।

अधिवेशन उद्घाटनअघि विभिन्न क्षेत्रबाट निकालिएका र्‍याली कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट लगायतका शीर्ष नेताहरू दिउँसो बुटवल पुगेका थिए ।

आज अधिवेशन उद्घाटन पछि भोलि बन्द सत्र कार्यक्रम रहेको छ।