images

तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

दानमा प्राप्त गरेको जग्गा किनेको भनी ६ लाख रुपैयाँ भुक्तानी दिएको आरोपमा भण्डारीसँगै वडा नम्बर २ का पूर्ववडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालिन लेखापाल जीवन सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नम्बर २ को भवन निर्माणका लागि दानपत्रमार्फत निशुल्क जग्गा प्राप्त गरेपछि त्यस जग्गालाई किनेको भनेर ६ लाख रुपैयाँ भुक्तानी दिलाउन उनीहरुको भूमिका देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।