images

बढुवा रोकिएको भन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थकर्मी र कर्मचारी आन्दोलित

काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थकर्मी र कर्मचारी लामो समयदेखि बढुवा रोकिएको भन्दै आन्दोलित भएका छन् ।

स्वास्थकर्मी र कर्मचारीको बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै शिक्षक कल्याण समाजले परीक्षा शाखामा तालाबन्दी गरेर प्रदर्शन गरेको हो ।

उनीहरुले प्रतिष्ठानका पदाधिकारीहरुको लाचारीपनको कारण बढुवा प्रक्रिया रोखिएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

तालाबन्दीका कारण विएस्सी र एमआइसी प्रथम बर्षको परीक्षासमेत प्रभावित भएको छ । विगतमा प्रतिष्ठानले बढुवा प्रक्रियालाई अगाडि बढाए पनि बीचैमा रोकिएको थियो ।