images

ज्यान मुद्दामा दोषी प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ

काठमाडौं । सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ परेका छन् ।

ज्यान मुद्दाका दोषी प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीले उनलाई सोमबार नै अदालतमा बुझाएको छ ।

यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो ।

उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो । त्यस्तै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त इजलासले २०७८ पुस १३ गते जिल्ला तथा उच्च अदालतको फैसलालाई नै सदर गरेको थियो ।